काठमाडौं । साफ फुटबलमा नेपालका स्ट्राईकर बिमल घर्तिमगरले कीर्तिमान बनाएका छन् । प्रतियोगितामा नेपालकातर्फबाट ४ गोल गर्ने खेलाडीको सुचिमा बिमलले आफ्नो नाम समेत लेखाएका छन् ।
बंगलादेशमा जारी १२ औ साफमा दुई गोल गर्दै बिमलले प्रतियोगितामा नेपालकातर्फबाट सर्वाधिक गोल गर्ने अन्य तीन खेलाडीको कीर्तिमान बराबरी गरेका हुन् ।
बिमलले सन् २०१३ को साफको डेब्यु खेलमा पाकिस्तानविरुद्ध पहिलो गोल गरका थिए । उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै संख्या दुई पुराएका थिए ।
बंगलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे । पहिलो खेलमा पाकिस्तानविरुद्ध गोल गरेका बिमलले शनिबार बंगलादेशबिरुद्ध पहिलो हाफमा गोल गरेका छन् । योसंगै साफमा उनको गोल संख्या ४ पुगेको छ । विमलको राष्ट्रिय टोलीका लागि ८ गोल गरिसकेका छन् ।
साफमा चार गोल गर्ने खेलाडीमा अनिल गुरुङ र जुमानु राईको नाम छ ।