ढाका । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल सेमिफाईनल पुग्ला ?
सबै फुटबल प्रेमीको ध्यान यसैमा केन्द्रित छ ।
आउनु होस, साफ च्याम्पियनसिपको समुह एको सेमिफाईनल समिकरणको बारेमा चर्चा गरौ ।
समुह एबाट दुई टोली अन्तिम चारमा पुग्नेछन् ।
समुहमा घरेलु टोली बंगलादेश दुई खेलबाट ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।
नेपाल तीन अंक सहित दोस्रो स्थानमा छ । पाकिस्तान समान अंक भएपनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।
भुटान अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।
स्पष्ट तथ्य, सेमिफाईनल पुग्ने चारै टोलीको गणितिय सम्भावना छ ।
तर चार मध्य कुनैपनि टोली समुह चरणबाट बाहिरिन सक्छन् । समिकरणले यस्तै भन्छ ।
आज हुने दोस्रो खेलमा बंगलादेशलाई पराजित गर्न सके नेपाल सहजै सेमिफाईनल पुग्नेछ ।
गोल अन्तर समान रहेको अवस्थामा नेपाललाई सामान्य जितले समेत अन्तिम ४ मा पु¥याउछ ।
त्यस्तै, बंगलादेशविरुद्ध बराबरी वा हारले समेत नेपाल सेमिफाईलन पुग्न सक्छ ।
तर बाँकी सबै सम्भावना पहिलो खेलमा भिड्ने पाकिस्तान र भुटानबीचको खेलको नतिजाले तय गर्नेछ ।
नेपाल, बंगलादेशसंग पराजित भएमा समेत सेमिफाईनल पुग्न सक्छ ।
त्यसकालागि भुटानले पाकिस्तानलाई हराउनुपर्नेछ । त्यसकालागि गोल अन्तर महत्वपुर्ण छ ।
भुटानविरुद्ध ४–० को जितले नेपाल गोल अन्तरमा अगाडी देखिएको छ ।