एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा न्युजिल्याण्डले उच्च स्कोर खडा गरेको छ।
ह्यामिल्टनमा जारी टेस्टको दोस्रो दिन शुक्रबार न्युजिल्याण्डले ७ विकेट गुमाएर ५ सय १९ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
न्युजिल्याण्डको उच्च स्कोरमा कप्तान केन विलियम्सनले २ सय ५१ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा विलियम्सनको यो तेस्रो दोहोरो शतक हो ।
यस्तै टम लाथमले ८६ रनको अर्धशतकीय इनिङ्स खेल्दा केली जेमिसनले अविजित रहदै ५१ रन बनाए ।
रोस टेलरले ३८ तथा टम ब्लुनडेलले १४ रन बनाए ।
वेस्ट इन्डिजका केमार रोच र शानन ग्राबियलले ३/३ विकेट लिए ।
वेस्ट इन्डिजले पहिलो इनिङ्समा ४९ रन बनाएर खेलिरहेको छ ।
दोस्रो दिनको खेल सकिदा वेस्ट इन्डिज ४ सय ७० रनले पछि रहेको छ ।
न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।
यस अघि वेस्ट इन्डिजले टी-ट्वान्टी सिरिज गुमाएको थियो ।