यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने
सोमबार, मंसिर २, २०८२खेलपाटी संवाददाता

काठमाडौं। एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने भएको छ।
म्यानमारमा हुने प्रतियोगिता नोभेम्बर २२ देखि ३० सम्म हुँदैछ। नेपालले प्रतियोगितामा चार प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
नेपालले आफ्नो सुरुआत नोभेम्बर २२ मा सिरियाविरुद्ध गर्नेछ। नेपालले दोस्रो खेलमा नोभेम्बर २४ मा घरेलु टोली म्यानमारसँग भिड्ने छ।
यो खेललाई समूहको कठिन खेलमध्ये एक मानिएको छ। तेस्रो खेलमा नेपालले नोभेम्बर २६ मा ओमनसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको अन्तिम खेल भने नेपालले नोभेम्बर २८ मा अफगानिस्तानविरुद्ध खेल्नेछ।













