शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन

बिहिबार, १८ मंसिर २०७७हिम बिक्रम केसी
कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन

राखेप उपाध्यक्ष शिव कोईराला । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय संघभित्र देखिएका समस्या समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन गरिएको छ ।

मन्त्रालयमा बुधबार बसेको बैठकले राष्ट्रिय खेलकुद संघभित्र देखिएको समस्या समाधानका लागि उपाध्यक्ष कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा उपाध्यक्ष कोईराला सहित राखेप बोर्ड सदस्यहरु गोबिन्द भट्टराई, पुरेन्द्र बिक्रम लाखे, नन्दा बस्याल समितिमा छन् । यस्तै, समितिमा राखेपका कानुन शाखा प्रमुख नारायण अर्याल र संघ संस्था शाखा प्रमुख इन्द्र कार्की र युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख सह–सचिव भक्तबहादुर ढकाल सदस्य रहेका छन् ।

घरेलु खेलकुदका केही मुख्य राष्ट्रिय संघहरु राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको रुपमा विभाजित र विवादित छन् । प्रतियोगिताका दौरान संघभित्रको विवादले प्रतियोगितामा नेपालको सहभागीता र नतिजानै प्रभावित हुने गरेको छ ।

संघ भित्रको विवादले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले नतिजा खस्किदै गएपछि मन्त्रालयले धेरै पटक छानविन समिति गठन समेत गरेको थियो । समितिले संघको आन्तरिक विवादका कारण अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको नतिजा खस्किएको निष्कर्श निकालेका थिए ।

खेलकुद मन्त्रालयले संघभित्रको समस्या समाधानका लागि यसअघि उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा समिति गठन गरेको थियो ।

तिम्सिना नेतृत्वको समितिले केही संघभित्रको विवाद समाधान गर्दै नयाँ निर्वाचनका लागि तदर्थ कमिटि गठन गरेको थियो । तर तेक्वान्दो सहितको केही मुख्य संस्थाको विवाद समितिले समाधान गर्न सकेको थिएन ।

राजनीतिक रुपमा ठुलो दबाब आएका कारण संघभित्रको विवाद समाधान गर्न कठिनाई भएको अनुभव तिम्सिनाले खेलपाटीलाई सुनाएका थिए ।

तिम्सिना नेतृत्वको कमिटिले जिम्न्याष्टिक, कराँते, कुस्ती र मोर्डन पेन्टाथलन फेडेरेसनको विवाद समाधान गर्दै तदर्थ समिति गठन गरेको थियो । तर १३ औं सागको चटारोले विवाद समाधान भएका संघहरुको निर्वाचन प्रक्रिया अघि बढ्न पाएन । नयाँ ऐन जारी भएपछि धेरै संघका निर्वाचन प्रभावित र अलपत्र छ ।

तेक्वान्दो, फुटसल, पारा खेलकुद, विश्व विद्यालय खेलकुद, बडिबिल्डिङ जस्ता मुख्य संघको विवाद अझै मिल्न सकेको छैन ।

एकै प्रकृतिका एक मात्र खेल संघ हुनुपर्ने मान्यता अनुसार खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा समेत नयाँ व्यवस्था गरेको छ ।

ऐनको दफा २२ को (२) उपदफा (१) मा एक खेलको लागि एउटा मात्र खेल संघ गठन हुनुपर्ने उल्लेख छ ।

नयाँ ऐनले परिषद्मा दर्ता गर्दा एक खेलको एक भन्दा बढी तथा एकै उद्धेश्यका वा समान नाम भएका एक भन्दा बढी संघ वा महासंघ दर्ता नगरिने उल्लेख छ ।

ऐन कार्यान्वयनमा आएको तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरि दर्ताको लागि परिषद्ले सुचना जारी गर्नुपर्ने उल्लेख छ । तीन महिनाभित्र एउटै संघ वा महासंघ गठन नगरेमा त्यस्ता खेल संघ वा महासंघको दर्ता स्वत समाप्त हुने व्यवस्था ऐनमा छ ।

ऐनले तीन महिनाभित्र एकै प्रकृतिका संघ वा महासंघलाई एकै बनाउनुपर्ने निर्देश गरेपनि मन्त्रालय र राखेपले विवाद समाधानका लागि कुनै पहल गरेका थिएनन् ।

नयाँ खेलकुद विकास ऐन असार १७ गतेबाट कार्यान्व्यनमा आएको हो । ऐन आएको तीन महिना असोज १७ गतेबाट तेक्वान्दो सहितका संघको काम कारबाही स्वत समाप्त भएको थियो ।

मन्त्रालयले ऐन आएको झण्डै ५ महिनापछि विवाद समाधानका लागि पहल लिएको हो । मन्त्रालयले उपाध्यक्षको नेतृत्वमा विवाद समाधानका लागि कमिटि गरेर गृहकार्य अघि बढाएको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली