एजेन्सी । वेस्ट इन्डिजका ब्याट्सम्यान आन्द्रे फ्लेचरले मेलबर्न स्टार्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
मेलबर्नले बिहीबार विकेटकिपर ब्याट्सम्यान फ्लेचरलाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।
मेलबर्नले इंग्ल्यान्डका जोनी बेयरस्टोको स्थानमा फ्लेचरलाई अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डको टिममा परेपछि बेयरस्टोले बिग बासबाट नाम फिर्ता लिएका थिए ।
३३ वर्षीय फ्लेचरले पहिलो पटक बिग बास खेल्न लागेका हुन् ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईनेछ ।