एजेन्सी । पाहुना टिम भारतले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई जितका लागि ३ सय ३ रनको लक्ष्य दिएको छ ।
क्यानबेरामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २ रन बनायो ।
भारतका लागि हार्दिक पाण्डयले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ्स खेले ।
अर्धशतकीय इनिङ्स खेलेका रविन्द्र जडेजाले अविजित ६६ रन बनाए ।
यस्तै कप्तान विराट कोहलीले पनि ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यससँगै कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए ।
कोहलीले २ सय ४२ इनिङ्समा १२ हजार रन पुरा गरेर कीर्तिमान बनाएका हुन् ।
कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् । तेन्दुलकरले ३ सय इनिङ्समा १२ हजार रन पुरा गरेका थिए ।
कोहली एकदिवसीयमा १२ हजार रन पुरा गर्ने दोस्रो भारतीय र विश्वका छैटौं खेलाडी हुन् ।
त्यसबाहेक भारतका शुबमन गिलले ३३ रन जोड्दा श्रेयस एयरले १९ रन बनाए । शिखर धवन १६ रनमा आउट भए ।
अष्ट्रेलियाका एस्टन अगरले २ विकेट लिए । एडम जाम्पा, जोश हाजलवुड र सिन एब्बोटले १/१ विकेट लिए ।
आज भारत अन्तिम खेल जित्दै सान्त्वना जित निकाल्न चाहन्छ ।
अष्ट्रेलिया भने अन्तिम खेलमा जित निकाल्दै सिरिज क्लिनस्विप गर्न चाहन्छ ।
सिरिज अष्ट्रेलियाले २-० ले जितिसकेको छ ।