शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

विमल, सन्तोष र दिनेशलाई राष्ट्रिय टिममा बोलाईने

शनिबार, ०६ मंसिर २०७७नमीन ढकाल
विमल, सन्तोष र दिनेशलाई राष्ट्रिय टिममा बोलाईने
Loading ad...
mustang rice ad

काठमाडौं । लामो समय राष्ट्रिय टिम बाहिर रहेका स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बन्द प्रशिक्षणमा बोलाईने भएको छ ।

नेपाली टिमका कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले टोलीको प्रशिक्षणमा विमलसहित तीन खेलाडीलाई बोलाईने खेलपाटीलाई जानकारी गराए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासनको कारबाहीमा परेका विमलसहित तीनै खेलाडी लामो समयबाट राष्ट्रिय टिम बाहिर रहदै आएका छन् ।

टिममा रहेका खेलाडी चोटग्रस्त हुनु र कोरोना संक्रमणले कतिपय खेलाडी टिम बाहिर रहेका कारण उनीहरुलाई प्रशिक्षणमा बोलाउन लागिएको मुख्य प्रशिक्षक महर्जनले जानकारी गराए ।

‘अबको तयारीका लागि थप खेलाडी बोलाउँछौं । थप खेलाडी निकैनै आवश्यक छ । कोरोना संक्रमण होला या नहोला । टिममा आवश्यक रहेको खेलाडीलाई बोलाउँछौं,’ मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितीमा टिमको नेतृत्व गरिरहेका महर्जनले भने ।

प्रशिक्षक महर्जनले तीन खेलाडीसहित आवश्यक पोजिसनमा थप खेलाडी समेत प्रशिक्षणका लागि डाकिने बताए ।

‘संक्रमणका कारण यस अघि खेलाडी अपुग भयो । पोजिसनका खेलाडी गुमाउनु पर्याे । यस पटक बाहिर रहेका तीन खेलाडी सहित आवश्यक पोजिसनका खेलाडीलाई बोलाउने तयारी गरेको छु । जुन आवश्यक पनि छ,’ प्रशिक्षक महर्जनले थपे ।

गत मंसिर ३ मा कुवेतसँग भएको खेल अघि ‘डिस्को काण्ड’ मा मुँछिदा तीनै खेलाडी एन्फाको कारबाहीमा परेका थिए । एन्फाको कारबाही, 'ए' डिभिजन लिगमा गरेको प्रदर्शन र प्रशिक्षक योहान कालिनको नजरमा नपर्दा उनीहरु एक वर्षयता राष्ट्रिय टिम बाहिर रहँदै आएका छन् ।

विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलका लागि भुटान प्रस्थान गर्नु अघिल्लो रात ‘डिस्को' गएको पाईएपछि एन्फाले विमल, सन्तोष, दिनेश र अन्जन बिष्टलाई टिम बाहिर राखेको थियो ।

एन्फाले मंसिर २७ गते विमल र दिनेशलाई ९० दिनको फुटबलमा प्रतिबन्ध सुनाएको थियो भने अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरुलाई खेलाडीलाई ५० हजार जरिवाना समेत सुनाईएको थियो ।

तर, प्रशिक्षक कालिनले लिगमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्जनलाई आफ्नो ३४ सदस्सीय टोलीमा फिर्ता बोलाएका थिए । अन्जनले बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल समेत खेलिसकेका छन् ।

नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग उसैको मैदानमा खेलेको थियो । कोरोना संक्रमण र चोटका कारण टिमका नियमित केहि सदस्यले उक्त खेल गुमाएका थिए ।

एन्फाले प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमा ७ खेलाडीलाई कोरोना र एक खेलाडीले चोट बोकेका थिए । ८ खेलाडीनै नेपालमै अड्किए भने बंगलादेश पुगेपछि कोरोनाका कारण रंजित धिमालले समेत पहिलो खेल गुमाएका थिए ।

तर, बंगलादेशविरुद्ध राष्ट्रिय टिमबाट ६ युवा खेलाडीले डेब्यु अवसर पाएका थिए । पहिलो खेलमा बंगलादेसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाली टिम स्वदेश फर्किएर सातदोबाटोस्थित एन्फा होस्टेलको क्वारेन्टिनमा रहेका छन् ।

५ दिनको क्वारेन्टिन बसाईपछि नेपाली टिमको पीसीआर परिक्षण हुनेछ । पीसीआर परिक्षण लगत्तै एन्फाले पुनः टिमको अभ्यास थाल्ने तयारी गरिरहेको छ ।

नेपालले अर्काे महिना पाकिस्तानसँग मैत्रिपूर्ण खेल खेल्ने बताईएको छ । तर, एन्फाले यसबारे औपचारिक रुपमा केहि बताएको छैन ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने