ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा मैदान उत्रदै नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले एक कोशेढुंगा पुरा गरे ।
बंगबन्धु रंगशालामा खेलको दोस्रो हाफमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गर्दै विराजले सर्वाधिक क्याप जित्ने नेपाली फुटबल खेलाडीको कीर्तिमानी पुरा गरे । विराज खेलको ८४ औं मिनेटमा दिनेश राजवंशीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
विराजले पुर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्यको ६८ औं खेलको कीर्तिमानी भंग गरे । अर्थात्, ६९ औं क्याप खेल्ने पहिलो नेपाली खेलाडी बने ।
सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै विराजले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । पोखरामा भएको साे मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए ।
त्यसयता कप्तान विराज नेपाली टोलीमा निरन्तर रहदै आएका छन् । र,विराजले डेब्यु गरेको १० वर्षपछि सर्वाधिक क्यापको किर्तिमान नै बनाए ।
सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान बनाएपछि कप्तान महर्जनले यो उपलब्धि आफ्नो र टिमको लागि ठुलो रहेको बताए
सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै विराजले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । पोखरामा भएको साे मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए ।
त्यसयता कप्तान विराज नेपाली टोलीमा निरन्तर रहदै आएका छन् । र,विराजले डेब्यु गरेको १० वर्षपछि सर्वाधिक क्यापको किर्तिमान नै बनाए ।
विराजले यो उपलब्धिलाई कस्तो ठानेका छन् ? उनकै शब्दमा :
मलाई अगाडी नै थाहा थियो,म टिममा छैन भन्ने कुरा । तर, टिमको तीन अंकको महत्वपूर्ण थियो । जसरी पनि हामीलाई जित्नु पर्ने थियो । त्यहि अनुसार खेल भयो । टिमले स्कोर निकालिरहेको थियो । त्यसपछि मेरो पनि कुराहरु आयो । मैले पनि मेरो सर्वाधिक क्याप पुरा गर्न पाए ।
मेरो लागि व्यक्तिगत रुपमा भन्नु पर्दा जुन खेलाडीको इच्छा हुन्छ त्यो मैले पुरा गर्न पाए । त्यसको लागि भाग्यमानी ठान्छु । र, गर्वको अनुभव गरेको छु । एकदमै छुट्टै किसिमको रमाइलो हुने रहेछ ।
म डेब्यु गर्दा र अहिलेको टिममा धेरै फरक छ । नयाँ नयाँ भाईहरु रहेका छन् । मैले संगै खेलेको दाइहरु र साथीहरुले छाडीसकेका छन् । यस्तो अवस्थामा खेल्दै आफैलाई भाग्यमानी ठानेको छु ।
यो मेरोलागि र टिमको लागि पनि ठुलो उपलब्धि हो ।