काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।
नेपालले कप्तान विराज महर्जन, नवयुग श्रेष्ठ, भरत खवासलाई परिवर्तन गरेको छ । भुटानविरुद्ध गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।
किरणले पहिलोपटक नेपाली राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका हुन् । यसअघि उनले यू-२३ टोलीको नेतृत्व भने गरिसकेका छन् ।
नेपाल आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसंग २ - १ ले पराजित भएको थियो ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपाली टोलीलाई ४-२-३-१ को ढाँचामा खेलाडी मैदान उतार्ने छन् ।
हेर्नुस नेपालको प्लेईङ ११ -
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी
मिडफिल्डर : रोहित चन्द, बिशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन बिष्ट
फरवार्ड : विमल घर्ति मगर