ढाका । साबिकको उपविजेता भारतले बंगलादेशको ढाकामा जारी साफ सुजुकी कप फुटबलमा विजयी सुरुवात गरेको छ ।
बुधबार भएको खेलमा श्रीलंकालाई २ - ० ले हराएर भारतले विजयी सुरुवात गरेको हो ।
बंगबन्धु रंगशालामा यू -२३ टोली मैदान उतारेको भारतलाई जित दिलाउन आशिक कुरुनियान र लाल्लियनजुवला चाङगाटेले एक एक गोल गरे ।
खेलको ३५ औं मिनेटमा आशिक कुरुनियानले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । कुरुनियानले सुमित पासीको पासमा गोल गरेका हुन् ।
त्यसपछि खेलको ४७ औं मिनेटमा चाङगाटेले गोल गर्दै भारतलाई २ - ० को जित दिलाए ।
जितसंगै तीन टोलि सम्मिलित समूह 'बि' मा रहेको भारतले ३ अंक जोडेको छ । र, सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब भारत र श्रीलंकाले माल्दिभ्ससंग खेल्नेछ ।