बराबरीमा रोकियो इन्टर

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा इन्टरले पर्मासँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर इन्टरले बराबरी खेलेको हो ।
खेलको ४६ औं मिनेटमा गेर्भिन्होले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए ।
खेलको ६२ औं मिनेटमा गेर्भिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै पर्मालाई २-० को अग्रता दिलाए ।
तर, ६४ औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा इभान पेरिसिचले गोल गर्दै खेल २-२ बराबरीमा ल्याउदै इन्टरलाई हारबाट जोगाए ।
बराबरीसँगै इन्टरले ६ खेलमा ११ अंक जोडेको छ । इन्टर तालिकाको पाँचौं स्थानमा रहेको छ ।
पाँच अंक जोडेको पर्मा १६ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एटलान्टाले क्रोटोनलाई २-१ ले हराएको छ ।
बोलोग्नाले काग्लियारीलाई ३-२ ले हराएको छ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

