ढाका । बंगलादेशमा मंगलबारबाट सुरु १२ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतले यू-२३ टोली मैदान उतार्ने भएको छ ।
ढाकामा जारी साफको लागि भारतले मंगलबार घोषणा गरेको टोलीमा यू-१९ टोलीका सदस्यहरु रहेका छन् ।
साफ सिनियर टोलीले खेल्ने प्रतियोगिता भएपनि भारतले युवा टोलीलाई मैदान उतार्ने भएको हो ।
साबिकको उपविजेता समेत रहेको भारतले बुधबार श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
सात पटकको च्याम्पियन भारतले दोस्रो खेलमा माल्दिभ्ससंग खेल्नेछन् ।
मुख्य प्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले दिल्लीको बन्द प्रशिक्षण र अष्ट्रेलिया टुरपछि भारतको टोली तयार पारेको हो ।
भारतको यू-२३ टोलीले अष्ट्रेलियामा ३ खेलको अभ्यास खेल खेलेको थियो ।
भारतको टिम :
गोलकिपर : विशाल कैथ,कमलजित सिंह,शुखदेब पाटिल
डिफेन्डर : दाभिन्दर सिंह, सलाम रन्जन सिंह, सार्थक गोलुई,सुभासिस बोसे, मोहमद सजिद धोत, जेरी लाल्रिनज्वाला
मिडफिल्डर : निखिल पुजारी,भिनित राई,जर्मनप्रित सिंह, अनिरुध थापा,लाल्लियनजुवला चानग्ते, आशिक कुरुनियन, भिग्नेस
फरवार्ड :सुमित पास्सी, हितेस शर्मा,मानबीर सिंह, फारुख चौधरी