काठमाडौं । बंगलादेशको ढाकामा आज (मंगलबार) बाट १२ औं संस्करणको साफ च्याम्पियनसिप (सुजुकी कप) सुरु हुँदैछ ।
ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ३ : ४५ मा सुरु हुनेछ ।
पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा रहनेछ । जितका लागि नेपालले कुनै कसर बाँकी नराख्ने मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताईसकेका छन् ।
नेपालको जितको लागि प्रशिक्षक महर्जनले निकै सन्तुलित टोली निर्माण गर्नेछन् । नेपाली टोलीको प्लेईङ ११ आएको छैन । तर, प्रशिक्षक महर्जनले ४-४-२ को ढाँचामा खेलाडी मैदान उतार्ने छन् ।
सम्भवत पाकिस्तानविरुद्ध खेलमा एक नेपाली खेलाडीले डेब्यु गर्न सक्नेछ । डिफेन्डर सुमन अर्यालले नेपाली टोलीमा डेब्यु गर्न सक्नेछन् ।
प्रशिक्षक महर्जनले मिडफिल्डर रोहित चन्दलाई बक्स टु बक्सको भूमिका दिनेछन् । जसले डिफेन्स र मिडफिल्डमा निकै राम्रो भूमिका निभाउने छन् ।
नेपालको सम्भावित प्लेईङ ११ -
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी,देवेन्द्र तामाङ
मिडफिल्डर : रोहित चन्द, विशाल राई, सुजल श्रेष्ठ, अन्जन बिष्ट
फरवार्ड : नवयुग श्रेष्ठ, भरत खवास
प्रशिक्षक : बालगोपाल महर्जन