एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाईज टिम कोलकत्ता नाइट राइडर्सका फास्ट बलर अली खानले चोट बोकेका छन् ।
आईपीएलले बुधबार बलर खानले चोट बोकेको पुष्टि गरेको छ । खानले साइड स्ट्रेनको चोट बोकेको बताईएको छ ।
चोट बोकेसँगै २९ वर्षीय बलरले सिजनको बाँकी खेल गुमाउने छन् । तर, उनी टिमबाट भने हटेका छैनन् ।
अमेरिकाका बलर खानले कोलकत्ताकै टिमसँग बसेर उपचार गराइरहेका छन् । यस्तै उनले टिममा सामान्य अभ्यासहरि गरिरहेको बताईएको छ ।
कोलकत्ताले खानलाई यसै सिजनको लागि अनुबन्धित गरेको हो ।
कोलकत्ताले इंग्ल्यान्डका बलर ह्यारी गर्नीको स्थानमा अलीलाई अनुबन्ध गरेको हो । गर्नी कुमको चोटका कारण आईपीएल खेल्न नक्सने भएपछि कोलकत्ताले अलीलाई अनुबन्ध गरेको हो ।
खान आईपीएल खेल्न पहिलो अमेरिकी खेलाडी हुन् । यस्तै खान यस वर्षको आईपीएल खेल्ने दोस्रो एसोसियट राष्ट्रका खेलाडी हुन् ।
नेपालका सन्दीप लामिछाने यस अघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दै आएका छन् ।
पाकिस्तानमा जन्मिएका उनले हालै क्यारेबियन क्रिकेट लिगमा च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सबाट खेलेका थिए । सीपीएलमा उनले ८ खेलमा ८ विकेट लिएका थिए ।
खानले सन् २०१६ मा ओमानसँग खेल्दै अमेरिकाको राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।