मिलानका मिडफिल्डर लुकास लियोनमा
बिहिबार, १५ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब लियोनले ब्राजिलियन मिडफिल्डर लुकास पक्वेटालाई अनुबन्धित गरेको छ ।
लियोनले अट्याकिङ मिडफिल्डरलाई इटालियन क्लब एसी मिलानबाट अनुबन्धित गरेको हो ।
२३ वर्षीय मिडफिल्डरले लियोनसँग ५ वर्षको सम्झौता गरेका छन् ।
लियोनले करिब २० मिलियन पाउण्डमा मिडफिल्डर लुकासलाई अनुबन्ध गरेको हो ।
मिलानमा एक सिजन बिताएर उनी फ्रेन्च क्लब आएका हुन् ।
लुकास सन् २०१९ मा ब्राजिलियन क्लब फ्लामेन्गोबाट मिलान आएका थिए ।
मिलानका लागि उनले ३७ सिरी ए खेलमा १ गोल गरेका थिए ।
ब्राजिलका लागि उनले ११ खेलमा २ गोल गरिसकेका छन् ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

