लियोनका गोलकिपर सिप्रियन मिलानमा
शनिबार, भदौ २७, २०७७खेलपाटी संवाददाता
एजेन्सी । इटालियन सिरी 'ए' क्लब एसी मिलानले गोलकिपर सिप्रियन टाटरुसानुलाई अनुबन्ध गरेको छ ।
मिलानले भेट्रान गोलकिपर सिप्रियनलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो ।
रोमानियाका ३४ वर्षीय गोलकिपरले मिलानसँग ३ वर्षको सम्झौता गरेका छन् ।
सिप्रियनले मिलानमा १ नम्बरको जर्सी लगाउने छन् ।
लियोनमा एक सिजन बिताएर सिप्रियन इटाली फर्किएका हुन् । तर, गत सिजन उनले लियोनमा २ खेल मात्र खेलेका थिए ।
लियोन आउनु अघि उनले इटालियन क्लब नान्टेसबाट खेलेका थिए ।
रोमानियाका लागि उनले ६९ खेल खेलिसकेका छन् ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

