स्पेनिस ला लिगा आजबाट, तीन खेल हुँदै
शनिबार, भदौ २७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आज (शनिबार) बाट सुरु हुँदैछ ।
ला लिगा अन्तर्गत सिजनको पहिलो दिन शनिबार विभिन्न तीन खेल हुनेछ ।
ला लिगाको सिजनको पहिलो खेलमा आइबरले घरेलु मैदानमा सेल्टा भिगोसँग खेल्नेछ ।
आइबर र सेल्टाबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।
यस्तै एथ्लेटिको बिल्बाओले ग्रानडासँग खेल्नेछ । बिल्बाओ र ग्रानडाबीचको खेल राति १०: १५ बजे सुरु हुनेछ ।
पहिलो दिनको अन्तिम खेलमा ओसासुनाले काडिजसँग खेल्नेछ ।
ला लिगा अन्तर्गत आइतबार भने ४ खेल हुनेछ ।
यस्तै सिजनको पहिलो एल क्लासिको भिडन्त भने अक्टोबरमा हुनेछ ।
बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त अक्टोबर २५ मा क्याम्प नाउमा हुनेछ ।
यस्तै सान्टियागो बर्नाबेउमा दोस्रो एल क्लासिको भिडन्त अप्रिल ११ हुनेछ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

