एजेन्सी । इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान इयान बेलले क्रिकेट खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।
काउन्टी क्लब वारविकशायरका ब्याट्सम्यान बेलले यस वर्षको घरेलु सिजन सकिएपछि आफुले सन्यास लिने घोषणा गरेका छन् ।
बेलले एक विज्ञप्ति निकाल्दै सिजनको अन्त्यसँगै खेल जीवनबाट विश्राम लिने घोषणा गरेका हुन् ।
३८ वर्षीय बेल वारविकशायरबाट घरेलु लिग खेलिरहेका छन् । २२ वर्ष वारविकशायरबाट खेल्दा बेलले क्लबलाई ६ उपाधि दिलाएका छन् ।
पाँच पटकको एसेज सिरिज विजेता बेलले इंग्ल्यान्डका लागि १ सय १८ टेस्ट खेलेका छन् । जसमा २२ शतक बनाएका छन् ।
बेलले टेस्टमा ७ हजार ७ सय २७ रन बनाएका छन् ।
बेलले एकदिवसीयमा १ सय ६१ खेल खेल्दै ५ हजार ४ सय १६ रन जोड्दा ८ टी-ट्वान्टीमा १ सय ८८ रन बनाएका छन् ।
सन् २००४ मा डेब्यु गरेका बेलले २०१५ पछि इंग्ल्यान्डका लागि खेलेका छैनन् ।
बेलले २० हजार बढी फस्ट क्लास रन बनाउँदा ५७ शतक बनाएका छन् ।