एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान ओली पोप चार महिना मैदान बाहिर रहने भएका छन् ।
पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट दौरान चोट बोकेका ब्याट्सम्यान पोप लामो समय मैदान बाहिर रहने भएका हुन् ।
२२ वर्षीय ब्याट्सम्यानले बाँया काँधको चोट बोकेको बताईएको छ ।
पाकिस्तानसँगको टेस्टको चौंथो दिन फिल्डिङ गर्ने क्रममा डाइभ गर्दा पोपले चोट बोकेका थिए ।
पोपको चोटको आगामी साता शल्यक्रिया गरिने भएको छ ।
पोपले सन् २०१९ मा पनि त्यहिँ काँधको चोट बोकेका थिए ।
सन् २०२१ को सुरुवातमा भारत र श्रीलंकाविरुद्धको सिरिजसम्ममा पोप ठिक हुने बताईएको छ ।
उनले घरेलु प्रतियोगिता समेत गुमाउने छन् । सर्रेबाट घरेलु प्रतियोगिता खेल्ने पोपले बब विलिस ट्रफी र भिटालिटी ब्लास्ट गुमाउने छन् ।
पोपले इंग्ल्यान्डका लागि १३ टेस्ट खेलिसकेका छन् ।