एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित कम्तिमा १० जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
भारतको हिन्दुस्तान टाईम्सले चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
बिहीबार परिक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा १० जनामा कोरोना देखिएको हिन्दुस्तानले जनाएको छ ।
तर, चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन ।
ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टिनमा बसेको बताईएको छ ।
चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी रहेका छन् ।
आईपीएलको यस संस्करण युएईमा हुँदैछ । १३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
तर, आईपीएलले खेल तालिका भने सार्वजनिक गरेको छैन ।