एजेन्सी । आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनलाई बिहीबार पहिलो पटक छक्का प्रहार गर्दा पछुतो लागेको हुन सक्छ ।
जतिबेला आफैले प्रहार गरेको छक्काले आफ्नै कारको सिसा फुट्यो ।
जसको कारण अलराउण्डर केभिन भाईरल समेत बनेका छन् ।
आयरल्याण्डको अन्तर प्रदेश च्याम्पियनसिप अन्तर्गत लेनस्टर लाइटनिङका केभिनले नर्थ वेस्ट वारियर्सविरुद्धको टी-ट्वान्टी खेलमा विस्फोटक ब्याटिङ गरे ।
केभिनले टिमलाई जित समेत दिलाए । तर, ८ छक्का प्रहार केभिनका लागि महँगो साबित भयो ।
उनको छक्का प्रहारबाट पार्कीङमा राखिएको टोयोटा कारको पछाडी भागको सिसा फुटेको थियो ।
खेल सकिएपछि केभिनले सिसा फुटेको आफ्नो कारमा बसेर तस्बिर समेत खिँचाएका थिए ।
वर्षाको कारण १२ ओभरमा झारिएको खेलमा केभिनले ३७ बलमा ८२ रन बनाएका थिए । जसमा उनले ८ छक्कासहित ३ चौका प्रहार गरेका थिए ।
त्यस खेल केभिनको टिमले डिएल पद्दतिको आधारमा २४ रनले जितेको थियो ।
३६ वर्षीय केभिन विस्फोटक ब्याटिङको कारण चर्चित रहदै आएका छन् ।
केभिनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।
उनले ५० बलमा शतक बनाएका थिए ।