एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी-ट्वान्टी खेल आज (शुक्रबार) हुँदैछ ।
तीन खेलको सिरिज अन्तर्गत शुक्रबार इंग्ल्यान्ड र पाकिस्तानले पहिलो खेल खेल्न लागेको हो ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् ।
इंग्ल्यान्ड इयान मोर्गनको कप्तानीमा मैदान उत्रने छन् । तर, चोटका कारण ओपनर ब्याट्सम्यान जेसन रोय टिममा हुने छैनन् ।
पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रने छन् ।
इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएको पाकिस्तान टी-ट्वान्टी सिरिज जित्ने लक्ष्यमा रहेको छ । इंग्ल्यान्डले तीन खेलको टेस्टमा १-० ले आफ्नो बनाएको थियो ।
यस्तै इंग्ल्यान्ड टी-ट्वान्टी सिरिज समेत आफ्नो बनाउने लक्ष्यमा हुनेछ ।
दुई टिमबीच पछिल्लो पटक सन् २०१९ को मेमा खेल भएको थियो । उक्त खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको थियो ।
दुई टिमबीचको दोस्रो खेल अगस्ट ३० र तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।
पाकिस्तानपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।