एजेन्सी । इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान जेसन रोयले पाकिस्तानविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
अभ्यासको दौरान चोट बोकेको कारण रोयले तीन खेलको टी-ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।
३० वर्षीय ब्याट्सम्यानको बाँयातर्फ स्ट्रेनमा समस्या आएको बताईएको छ ।
पाकिस्तानसँग इंग्ल्यान्डले तीन खेलको सिरिज खेल्नेछ ।
दुई टिमबीचको पहिलो खेल शुक्रबार ओल्ड ट्राफोर्डमा हुनेछ ।
यस्तै दोस्रो खेल अगस्ट ३० र तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।
पाकिस्तानपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
अष्ट्रेलियासँगको सिरिजमा भने रोय ठिक भईसक्ने बताईएको छ ।