एजेन्सी । वेस्ट इन्डिज क्रिकेट टिममा अलराउण्डर ड्वाने ब्राभो टी- ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने पहिलो बलर बनेका छन् ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बुधबार सेन्ट लुसिया जुक्सविरुद्ध २ विकेट लिएपछि ब्राभोले ५ सय विकेटको कोशेढुंगा पूरा गरेका हुन् ।
ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेलिरहेका ब्राभोले जुक्सका रकिम क्रोनबेलको विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।
ब्राभोले ४ सय ५९ टी-ट्वान्टी खेलमा ५ सय विकेट पूरा गरेका हुन् ।
यस्तै ब्राभोले सीपीएलमा एक सय विकेट विकेट समेत पूरा गरेका छन् ।
ब्राभो बाहेक टी-ट्वान्टी क्रिकेटमा अहिलेसम्म कुनै पनि खेलाडीले ४ सय विकेट समेत लिन सकेका छैनन् ।
श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा ३ सय ९० विकेट हात पार्दै टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडीको रुपमा रहेका छन् ।
३६ वर्षीय ब्राभोले लामो समयबाट विश्वका थुप्रै टी-ट्वान्टी प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।
छोटो फर्म्याटको क्रिकेटमा उनले सन् २००६ मा डेब्यु गरेका थिए । त्यस यता उनले ६ हजार भन्दा बढी रन समेत बनाउन सफल छन् ।