एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथल इंग्ल्यान्डको भूमिका खेल्दा आफुले इंग्लिस दर्शकको भिडलाई मिस गर्ने बताएका छन् ।
घरेलु टिमसँगको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेका स्मिथले यस पटक दर्शकको भिडलाई आफुले गुमाउने बताएका हुन् ।
अष्ट्रेलियाले इंग्ल्यान्डसँग सेप्टेम्बरमा टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । तर, कोरोना भाईरसको महामारीको कारण खेल बन्द रंगशालामा हुनेछ ।
'म त्यहाँ ब्याटिङ गर्न मन पराउछु तर दुर्भाग्यपूर्ण मलाई थप प्रेरणा दिने त्यहाँ कुनै भिड हुने छैन,' स्मिथले भने, 'तर, टिभीमा हेर्ने धेरै हुने छन् ।'
अष्ट्रेलियाले इंग्ल्यान्डसँग समान ३/३ खेलको सिरिज खेल्ने छन् ।
साउथह्याम्टनमा हुने दुई टिमबीचको टी-ट्वान्टी सिरिज सेप्टेम्बर ४, ६ र ८ मा हुनेछ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुने एकदिवसीय सिरिजका खेल सेप्टेम्बर ११, १३ र १६ मा हुनेछ ।
स्मिथले सिरिजका लागि आफु उत्साहित भएको समेत बताए ।
'यो सिरिज राम्रो सिरिज हुनेछ । म उत्साहित छु । म यसमा फर्कनका लागि उत्सुक छु,' उनले थपे ।
कोरोना भाईरसको महामारीको बाबजुत इंग्ल्यान्ड भ्रमण गर्ने अष्ट्रेलिया तेस्रो राष्ट्र हो ।
यस अघि वेस्ट इन्डिजले इंग्ल्यान्ड भ्रमण गरिसकेको छ । पाकिस्तानी टिमले इंग्ल्यान्डसँग टेस्ट सिरिज खेलिरहेको छ ।