एजेन्सी । पाहुना टोलि पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्डले उच्च स्कोर बनाएको छ ।
साउथह्याम्पटनको द रोज बलमा दोस्रो दिन शनिबार इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको हो ।
पहिलो दिन शतक बनाएका क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो ।
यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेले ।
त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे । कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए ।
पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिए ।
दुई टिमबीचको यस टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ । तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।
इंग्ल्यान्ड अन्तिम टेस्ट जित्दै सिरिज कब्जा गर्न चाहन्छ । तर, पाकिस्तान अन्तिम टेस्ट जित्दै सिरिज बराबरी गर्न चाहन्छ ।