एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले नयाँ वर्षका लागि भारतीय क्रिकेट टिमको योजना तयार पारेका छन् ।
गांगुलीका अनुसार सन् २०२१ मा अष्ट्रेलिया भ्रमणबाट फर्कने बित्तिकै फेब्रुअरीमा भारतीय टिम इंग्ल्यान्डविरुद्ध घरेलु मैदानमा सिरिज खेल्नेछ ।
ईन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजन अप्रिल १४ बाट सुरु हुनेछ ।
गांगुलीले शनिबार राज्य संघका अध्यक्ष र सचिवलाई पत्र लेख्दै अर्को बर्षको सुरुवातबाटै भारतले प्रतियोगिताको आयोजना सुरु गर्ने बताएका छन् । भारतको आयोजनामा सन् २०२१ मा टी–ट्वान्टी विश्वकप र सन् २०२३ मा वन डे विश्वकप खेलिनेछ ।
कोरोनाका कारण आइपीएलको १३ औं संस्करण संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुदैछ । गांगुलीले पत्रमा लेखेका छन्, ‘आईपीएल २०२० यूएईमा १९ सेप्टेम्बरबाट १० नोभेम्बरसम्म चल्नेछ । आईपीएलका लागि हामीले सबै आवश्यक कदम उठाएका छौ ।’
‘जहाँसम्म घरेलु क्रिकेटको बिषय छ । यो राम्रो लागि अफ सिजन हो । स्थिती सहज हुने बित्तिकै बीसीसीआईले घरेलु क्रिकेट सुरु गर्नेछ । हामीलाई अपेक्षा छ, केही महिनामा कोभिडको अवस्थामा सुधार आउनेछ । हामी सुरक्षित वातावरणमा घरेलु क्रिकेट सुरु गर्नेछौ ।’ पत्रमा भनिएको छ ।
पूर्व कप्तान समेत रहेका उनले लेखेका छन्, ‘हामी भारतीय क्रिकेटको एफटीपी प्रतिबद्धतालाई पुरा गर्नेछौ । भारतको सिनियर पुरुष टिम समेत यस बर्षको डिसेम्बरमा अष्ट्रेलियासंग सिरिज हुने गर्नेछ । र ईङ्ल्याण्डको सिरिजका लागि स्वदेश फर्कनेछ । जसको सुरुवात अर्को बर्ष फेब्रुअरीबाट सुरु हुनेछ । त्यसपछि आईपीएल २०२१ हुनेछ ।
सिनियर महिला टिमको समेत चर्चा सुरु भएको छ । नतिजा केही समयमा आउनेछ ।’
आईपीएल लगत्तै भारतीय टिम अक्टोबरमा तीन एकदिवसीय म्याचका लागि अष्ट्रेलिया जानेछ । लगत्तै उसले चार म्याचको टेष्ट सिरिज खेल्नेछ । तीन म्याचको टी–२० अन्तराष्ट्रिय सिरिज समेत जनवरीमा खेलिनेछ ।