एजेन्सी । पुर्व विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेरर जर्मनीमा जारी मर्सिडिज कप टेनिसको अन्तिमा चारमा प्रवेश गरेका छन् । शुक्रबार भएको क्वाटरफाइनलमा अर्जेन्टिनाका गुईडो पल्लालाई हराउदै फेडेररले अन्तिम चारको यात्रा तय गरका हुन् ।
दोस्रो वरियताका फेडेररले पल्लालाई ६ – ४ र ६ – ४ को सोझो सेटमा पराजित गरे । अब फेडेररले फाइनल प्रवेशका लागि अष्ट्रेलिया निक क्य्रीगियोससँग खेल्ने छन् । यो जितसँगै झन्डै साढे दुई महिना टेनिस कोर्टबाहिर रहेका फेडेररले विश्व नम्बर एकको नजिक पुगेका छन् । विश्व नम्बर एक बन्न फेडेररलाई एक जितको आवश्यकता रहेको छ ।
२० पटकको ग्राण्डस्लाम विजेता ३६ बर्षीय फेडेरर गत मार्चपछि पहिलोपटक कोर्टमा फर्किएका हुन् । चोटका कारण मैदान बाहिर रहेका मियामी ओपनपछि पहिलो प्रतियोगिता खेलेका हुन् ।