एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिकाका बलर एनरिच नोर्ट्जेलाई अनुबन्ध गरेको छ ।
दिल्लीले मंगलबार एक विज्ञप्ति निकाल्दै फास्ट बलर नोर्ट्जेलाई अनुबन्ध गरेको जनाएको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्लीले क्रिस वोक्सको स्थानमा नोर्ट्जेलाई अनुबन्ध गरिएको जनाएको छ ।
कोरोनाको कारण वोक्सले नाम फिर्ता लिएपछि दिल्लीले नोर्ट्जेलाई अनुबन्ध गरेको हो ।
२६ वर्षीय नोर्ट्जे गत सिजन कोलकत्ता नाइट राइडर्समा रहेका थिए । तर, काँधको चोटको कारण उनले खेल्न पाएका थिएनन् ।
नोर्ट्जेले २०२९ मा भारतसँग खेल्दै दक्षिण अफ्रिकाको टिममा डेब्यु गरेका थिए । उनले ६ टेस्टमा १९ विकेट लिएका छन् ।
यस्तै ७ एकदिवसीयमा १४ विकेट र ३ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा २ विकेट लिएका छन् ।
दिल्लीमा अनुबन्धित हुने उनी दोस्रो दक्षिण अफ्रिकी खेलाडी हुन् । कागिसो राबडा पनि दिल्लीबाट खेल्ने गर्छन् ।
आईपीएलको यस संस्करण युएईमा हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।