एजेन्सी । इंग्ल्यान्डका फास्ट बलर स्टुवार्ट ब्रोडलाई जरिवाना गरिएको छ ।
पाकिस्तानविरुद्धको पहिलो टेस्टमा अनुपयुक्त भाषा बोलेको भन्दै जरिवाना गरिएको हो ।
जरिवाना अनुसार ब्रोडको १५ प्रतिशत म्याच फि कटौती हुनेछ ।
पहिलो टेस्ट अन्तर्गत शनिबार ब्रोडले पाकिस्तानी लेग स्पिनर यासिर शाहलाई आउट गर्दा अनुपयुक्त भाषा बोलेका थिए ।
आईसीसी अम्पाएर प्यानलमा रहेका उनका बाबु क्रिस ब्रोडले अपराधको जरिवाना लगाएका थिए र ब्रोडले यो अपराध स्वीकार गरेका हुन् ।
यस्तै ब्रोडलाई एक डिमेरिट अंक दिईएको छ जुन २ वर्षसम्म कामय रहनेछ ।
यदि कुनै खेलाडीले २ वर्ष भित्र ४ वा ४ भन्दा बढी डिमेरिट अंक पाए खेलाडी सस्पेन्ड हुनेछन् ।
ओल्ड ट्राफोर्डमा भएको पहिलो टेस्टमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो ।
तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।