एजेन्सी । भारतीय क्रिकेटर करुण नायर कोरोना भाईरसबाट मुक्त भएका छन् ।
कोरोना भाईरसको संक्रमण देखिएपछि सेल्फ आईसोलेसनमा बसेका नायर कोरोनाबाट मुक्त भएका हुन् ।
पछिल्लो पटक गरिएको परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको क्रिकइन्फोले जनाएको छ ।
ब्याट्सम्यान नायर कोरोना संक्रमित हुने भारतका सर्वाधिक हाई प्रोफाइल क्रिकेटर हुन् ।
करिब दुई साताको सेल्फ आईसोलेसनपछि उनी कोरोना मुक्त भएका हुन् ।
कोरोनाबाट मुक्त भएपछि नायरले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् ।
किङ्स इलाभेन पन्जाबका ब्याट्सम्यान नायर थप कोरोना परिक्षणपछि युएई जाने बताईएको छ ।
नायरले २०१८ र १९ को वर्ष पन्जाबबाट १४ खेल खेलेका थिए ।
कोरोना भाईरसको कारण बीसीसीआईले आईपीएलको १३ औं संस्करण युएईमा आयोजना गर्दैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
भारत सरकारले भारतको क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) लाई युएईमा प्रतियोगिता आयोजनाको लागि अनुमति समेत दिईसकेको छ ।