एजेन्सी । बंगलादेशले आगामी सेप्टेम्बरमा टेस्ट सिरिजका लागि श्रीलंका भ्रमण गर्ने भएको छ ।
बंगलादेश क्रिकेट बोर्डले टिमको श्रीलंका भ्रमण पक्का भएको जनाएको छ ।
बिसीबीका क्रिकेट अप्रेसन चेयरमेन अक्रम खानले टोलीले बंगलादेश भ्रमण गर्ने पक्का भएको बताएका छन् ।
घरेलु टिम श्रीलंकासँग बंगलादेशले तीन खेलको टेस्ट सिरिज खेल्नेछ ।
कोलम्बोमा हुने सिरिज सेप्टेम्बर २४ मा सुरु हुने बताईएको छ ।
यस्तै बिसिबीले श्रीलंका क्रिकेट बोर्डलाई टी-ट्वान्टी सिरिज खेल्नका लागि समेत प्रस्ताव गरेको छ ।
कोरोना भाईरसको महामारीको कारण बंगलादेशका तीन श्रीलंका पुगेर १४ दिनको क्वारेन्टिनमा बस्ने छन् ।
श्रीलंका भ्रमणबाट शकिब अल हसनले टिममा पुनरागमन गर्न सक्ने बताईएको छ ।
प्रतिबन्धमा रहेका हसनको प्रतिबन्ध अक्टोबर २९ मा फुकुवा हुनेछ ।