एजेन्सी । कोरोना भाईरसको महामारीको कारण लामो समय ठप्प रहेको महिलाको अन्तर्राष्ट्रिय क्रिकेट आजबाट फर्कदैछ ।
अष्ट्रिया र जर्मनी महिला टिमबीचको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटसँगै महिलाको अन्तर्राष्ट्रिय क्रिकेट फर्कन लागेको हो ।
पाँच खेलको सिरिज अन्तर्गत बुधबार अष्ट्रियाले घरेलु मैदानमा जर्मनीसँग खेल्दैछ ।
महिलाको क्रिकेट करिब ७ महिनापछि फर्कन लागेको हो ।
अष्ट्रेलियामा सम्पन्न टी-ट्वान्टी महिला विश्वकपको फाइनलपछि पहिलो पटक अष्ट्रिया र जर्मनी खेल्न लागेका हुन् ।
कोरोनाले क्रिकेट ठप्प हुनु अघि मार्च ८ मा अष्ट्रेलिया र भारतले विश्वकपको फाइनल खेलेको थियो ।
अष्ट्रेलियाले भारतलाई हराएर विश्वकप उपाधि जितेको थियो ।