एजेन्सी । श्रीलंकाको फ्रेन्चाईज क्रिकेट लंका प्रिमियर लिग स्थगित भएको छ ।
अगस्ट अन्तिमबाट सुरु हुने भनिएको लंका प्रिमियर लिग नोभेम्बरको मध्येसम्मको लागि स्थगित भएको हो ।
कोरोना भाईरसको महामारीको कारण विदेशी खेलाडीले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि लिग स्थगित गरिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।
बोर्डले यस अघि २८ देखि सेप्टेम्बर २० सम्म प्रतियोगिता आयोजना गर्ने बताएको हो ।
सन् २०१२ मा पहिलो संस्करण आयोजना भएपनि लंका प्रिमियर लिग नियमित रुपमा सञ्चालन हुन सकेको छैन। सन् २०१३ र १४ मा प्रायोजक र व्यवस्थापकीय कमजोरीका कारण प्रतियोगिता रद्ध भएको थियो ।
प्रतियोगितामा ५ शहरका टिम रहने छन् । जसमा कोलोम्बो, क्यान्डी, गल्ली दाम्बुला र जाफ्ना रहेका छन् ।
चार फरक अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा २३ खेल हुनेछन् ।
७० भन्दा बढी अन्तराष्ट्रिय खेलाडी तथा विश्वका १० उत्कृष्ट प्रशिक्षकले घरेलु खेलाडीसंग प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको बोर्डले बताएको छ ।