एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान डान लरेन्सले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले पारिवारिक कारण लरेन्सले दोस्रो टेस्ट गुमाउने जनाएको छ ।
२३ वर्षीय लरेन्सले परिवारमा शोक परेको कारण टिम छाडेको बताईएको छ ।
बोर्डले लरेन्सको स्थानमा अर्को खेलाडी भने ल्याएको छैन । दोस्रो टेस्टपछि उनी टिममा फर्कने बताईएको छ ।
यस अघि पारिवारिक कारण देखाएर अलराउण्डर बेन स्टोक्सले समेत टिम छाडेका थिए । परिवारसँग न्युजिल्यान्ड जानुपर्ने भएपछि स्टोक्सले सिरिजको बाँकी दुई खेल नै गुमाउने छन्।
इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको सिरिज खेलिरहेको छ ।
पहिलो टेस्टमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।
दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबार साउथह्याम्पटनमा सुरु हुनेछ ।