एजेन्सी । भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना गर्न अनुमति दिएको छ ।
सरकारले सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) लाई युएईमा प्रतियोगिता आयोजनाको लागि अनुमति दिएको हो ।
आईपीएल गर्भनिङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले सरकारबाट युएईमा प्रतियोगिता गर्न अनुमति मिलेको पुस्टि गरेका छन् ।
कोरोना भाईरसको कारण बीसीसीआईले आईपीएलको १३ औं संस्करण युएईमा गर्ने निर्णय गरिसकेको छ ।
आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
आईपीएल तीन शहरमा हुनेछ । दुबई, आबुधाबी र सारजाहमा प्रतियोगिता हुने बताईएको छ ।