एजेन्सी । बंगलादेशका पूर्व स्पिनर मुशर्रफ हुसेनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
लेफ्ट आर्म स्पिनर हुसेनले सोमबार आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
बंगलादेशका लागि आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका हुसेनले कोरोना देखिएपनि आफु ठिक रहेको समेत बताएका छन् ।
३८ वर्षीय हुसेनले आफु अहिले आईसोलेसनमा रहेको समेत बताए ।
उनले आफ्नो बुबालाई समेत कोरोना देखिएको बताएका छन् । तर, श्रीमती र बच्चालाई भने कोरोना नदेखिएको हुसेनले बताए ।
हुसेनले हालै ब्रेन ट्युमरको शल्यक्रिया गरेका थिए । गत वर्ष उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो ।