एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान जोइ डेन्लीले आयरल्याण्डसँगको एकदिवसीय सिरिज अन्तर्गतको बाँकी दुई खेल गुमाउने भएका छन् ।
ढाडको चोटको कारण डेन्लीले सिरिज अन्तर्गतको बाँकी दुई खेल गुमाउने भएका हुन् ।
३४ वर्षीय ब्याट्सम्यानले बिहीबार भएको पहिलो खेल समेत गुमाएका थिए । जुन खेल इंग्ल्यान्डले ६ विकेटको जित निकालेको थियो ।
चोटको कारण पहिलो खेल गुमाएपनि दोस्रो खेलबाट उनी टिममा फर्कने विश्वास गरिएको थियो । तर, चोट ठिक नभएपछि डेन्ली टिम बाहिर रहने भएका हुन् ।
इंग्ल्यान्डले दोस्रो खेल शनिबार खेल्दैछ ।
इंग्ल्यान्डले डेन्लीको स्थानमा लियाम लिभिङस्टोनलाई टिममा बोलाएको छ ।