एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आर्थिक वर्ष २०२०/२१ को लागि ७.७६ बिलियन पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पीसीबीले सोमबार आर्थिक वर्षका लागि ७.७६ बिलियनबजेट विनियोजन गरेको हो ।
कोरोना भाईरसको महामारीको कारण पीसीबीले अघिल्लो वर्ष भन्दा यस वर्ष कम बजेट ल्याएको छ । पीसीबीले अघिल्लो आर्थिक वर्ष भन्दा १० प्रतिशतले बजेट घटाएको हो ।
पीसीबीले बजेट घटेर आएपनि क्रिकेट गतिविधिका लागि छुट्टाईएको बजेट नघट्ने जनाएको छ ।
आगामी एक वर्षभित्र क्रिकेट गतिविधिका लागि ५.२९ बिलियन बजेट बिनियोजन भएको पीसीबीले जनाएको छ ।
पीसीबीले टिमको हाई पर्फमेन्स ट्रेनिङका लागि १.८ बिलियन, पाकिस्तान सुपर लिगका लागि १.४ बिलियन, अन्तराष्ट्रिय क्रिकेटका लागि १.४ बिलियन, मेडिकल र स्पोर्ट्स साइन्सलाई १०९ मिलियन, महिला क्रिकेटलाई ४११ मिलियन र ३९ मिलियन पारा क्रिकेटका लागि छुट्टाईएको जनाएको छ ।