एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको पहिलो इनिङ्समा उत्कृष्ट सुरुवात गरेको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा शुक्रबार पहिलो दिनको खेल सकिदा इंग्ल्यान्डले ४ विकेट गुमाएर २ सय ५८ रन जोडेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १ रन जोड्दा ओपनर डोम सिब्लीलाई सुन्य रनमा गुमाएको थियो । ४७ रन जोड्दा कप्तान जोय रुटलाई १७ रनमा गुमाएको इंग्ल्यान्डले बेन स्टोक्सलाई पनि २० रनमा गुमाएको थियो ।
यस्तै टिमको स्कोर १ सय २२ रन हुँदा इंग्ल्यान्डले चौंथो विकेटको रुपमा रोरी ब्रुन्सलाई ५७ रनमा गुमाएको थिए ।
तर, ओली पोप र जोस बट्लरले १ सय ३६ रनको साझेदारी गरेपछि इंग्ल्यान्ड बलियो अवस्थामा पुगेको हो ।
शतक नजिक रहेका पोप ९१ र बट्लर ५६ रन बनाएर क्रिजमा रहेका छन् ।
वेष्ट इन्डिजका केमार रोचले २ तथा रोस्टन चेसले १ विकेट लिए ।
दुवै टिम अन्तिम टेष्टमा जित निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यमा रहेका छन् ।
दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यस अघि पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी थियो ।
तर, दोस्रो टेष्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।