एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टेष्ट आज (शुक्रबार) बाट सुरु हुँदैछ ।
इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको निर्णायक मानिएको टेष्ट म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा सुरु हुनेछ ।
दुवै टिम अन्तिम टेष्टमा जित निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यमा हुनेछन् ।
दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । त्यसैले यस खेल दुबैको लागि महत्वपूर्ण रहेको छ ।
यस अघि पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले बिजयी थियो ।
तर, दोस्रो टेष्टमा १ सय १३ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।
अन्तिम टेष्टका लागि इंग्ल्यान्डका बलर आर्चर जोफ्रा टिममा फर्किएका छन् ।
यस अघि कोभिड-१९ को जैविक सुरक्षाको नियम उलंघन गरेपछि आर्चर दोस्रो टेष्टमा टिममा थिएनन् ।
यस्तै जेम्स एण्डरसन र मार्क वुडलाई समेत टिममा राखिएको छ ।
वेष्ट इन्डिज तेस्रो टेष्ट जित्दै इतिहास बनाउने लक्ष्यमा हुनेछ । वेष्ट इन्डिजले सन् १९८८ पछि इंग्ल्यान्डविरुद्ध हुने विस्डन ट्रफी जित्न सकेको छ ।