पीएसजीको सहज जित
बुधबार, साउन ७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पे, नेयमार,एण्डर हरेरा र पाब्लो सराबियाले एक एक गोल गरे ।
खेलको पहिलो मिनेटमै एमबाप्पेको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । २५ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
पीएसजीले दोस्रो हाफमा थप दुई गोल गर्यो । ४८ औं मिनेटमा हरेराले गोल गर्दै पीएसजीको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा सराबियाले गोल गर्दै पीएसजीलाई ४-० को सहज जित दिलाए ।
च्याम्पियन्स लिगको तयारी गरिरहेको फ्रेन्च च्याम्पियन पीएसजीले स्कटिस च्याम्पियन सेल्टिकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।













-1763024272658.jpeg&w=3840&q=75)