एजेन्सी । पाहुना टोलि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्यान्डले मजबुद सुरुवात गरेको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा पहिलो दिनको खेल सकिदा बिहीबार इंग्ल्यान्डले ३ विकेटको क्षतिमा २ सय ७ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि डम सिब्ले र बेन स्टोक्सले अर्धशतकीय इनिङ्स खेले ।
सिब्ले ८६ रनमा अविजित रहदा स्टोक्स ५९ रन बनाएर क्रिजमा रहेका छन् ।
इंग्ल्यान्डले सुरुवात भने खराब गरेको थियो । मात्र २९ रन जोड्दा इंग्ल्यान्डले ओपनर रोरी ब्रुन्सलाई १५ तथा ज्याक क्रलीलाई सुन्य रनमा गुमाएको थियो । यस्तै ८१ रन जोड्दा कप्तान जोय रुटलाई २३ रनमा गुमाएको थियो ।
तर, सिब्ले र स्टोक्सले उत्कृष्ट साझेदारी गर्दै इंग्ल्यान्डलाई मजबुत स्थितिमा ल्याए ।
वेष्ट इन्डिजका रोस्टन चेसले २ तथा अल्जारी जोसेपले १ विकेट लिए ।
पहिलो टेष्ट गुमाएको इंग्ल्यान्डलाई दोस्रो टेष्ट जित्नै पर्ने दबाब रहेको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो ।
सिरिज जोगाउन समेत इंग्ल्यान्डलाई दोस्रो टेष्टमा जित बाहेक अन्य बिकल्प रहेको छैन ।
यता, वेष्ट इन्डिज भने दोस्रो टेष्ट जित्दै सिरिज आफ्नो बनाउन चाहन्छ ।