काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य धमाधम भईरहेको छ ।
कोरोना भाईरसको महामारी कायम रहेपनि चितवनको भरतपुरमा निर्माण भईरहेको रंगशालाको काम रोकिएको छैन ।
कोरोनाको कहरले कामदार र निर्माण सामग्रीको अभाव भएपनि फाउण्डेशनले निर्माण कार्यलाई अघि बढाईरहेको छ ।
कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको मध्ये २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको हो ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा बन्ने रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।
कस्तो बन्दैछ त रंगशाला ? फोटोमा हेर्नुहोस् ।
तस्बिर - धुर्मुस सुन्तली फाउण्डेशन