एजेन्सी । एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता एक वर्ष पछि सरेको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार एसिया कप क्रिकेट एक वर्ष स्थगित गरिएको जनाएको छ ।
कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ ।
एसीसीले एसिया कप सन् २०२१ को जुनसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
यस अघि प्रतियोगिता यस वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको थियो । आगामी वर्ष भने श्रीलंकाले गर्ने बताईएको छ ।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय छ ।