एजेन्सी । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले एसिया कप टी-ट्वान्टी क्रिकेट रद्द हुने बताएका छन् ।
स्पोर्ट्स टक कार्यक्रममा बोल्दै अध्यक्ष गांगुलीले पाकिस्तानमा तय भएको एसिया कप रद्द हुने बताएका हुन् ।
'सेप्टम्बरमा तय भएको एसिया कप रद्द भएको छ,' कार्यक्रममा गांगुलीले भनेका छन् ।
गांगुलीले प्रतियोगिता रद्द हुने बताएपनि एसियन क्रिकेट काउन्सिल (एसीसी) ले केहि बताएको छैन ।
कोरोनाको महामारी कायम रहेपछि प्रतियोगिता अन्योलमा रहेको छ । यस्तै पाकिस्तानमा आयोजना भए भारतले नखेल्ने बताएको छ ।
पछिल्लो समय आयोजक पाकिस्तान एसिया कप श्रीलंका र युएई मध्ये एक राष्ट्रमा गर्ने बताउदै आएको छ ।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय छ ।