लाइपजिगले अनुबन्ध गर्यो कोरियन फरवार्ड
बुधबार, असार २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब आरबी लाइपजिगले दक्षिण कोरियन फरवार्ड ह्वाङ्ग हि चानलाई अनुबन्ध गरेको छ ।
लाइपजिगले बुधबार अष्ट्रियन क्लब रेड्बुल साल्ज्बर्गबाट चानलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय कोरियन फरवार्डले लाइपजिगसँग पाँच वर्षे सम्झौता गरेका छन् ।
हालै जर्मन फरवार्ड टिमो वेर्नेरलाई चेल्सीमा बेचेको लाइपजिगले उनको स्थानमा कोरियन फरवार्ड अनुबन्ध गरेको हो ।
यस सिजन उनले क्लबका लागि ४० खेलमा १६ गोल र २२ गोलका लागि पास उपलब्ध गराएका छन् ।













