एन्फाले युथ लिग आयोजना गर्ने
बुधबार, असार २४, २०७७खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न स्कुलले सहभागिता जनुने युथ लिगको आयोजना गर्ने भएको छ ।
एन्फाले सहिद स्मारक 'ए' डिभिजन लिग क्लबसँगको सहकार्यमा युथ लिग गर्ने भएको हो ।
युथ लिग आयोजनाका लागि एन्फाले बुधबार विभिन्न स्कुलसँग छलफल गरेको छ । लिग होम एण्ड अवेको आधारमा हुने बताईएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाले काठमाडौं भित्रका १३ स्कुलसँग लिग आयोजनाका लागि छलफल गरेको हो ।
छलफलमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, युथ डेभलपमेन्ट कमिटिका प्रमुख उपेन्द्र मान सिंह र इलाइट युथका प्रमुख नविन महर्जनले युथ लिगको योजना र ढाँचाबारे जानकारी गराएका थिए ।
यस्तै एन्फाले चाडै यू-१४ र यू-१८ को लिग गर्ने जनाएको छ ।













