लिभरपुल र ब्राइटन भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार) विभिन्न चार खेलहरु हुँदैछ ।
प्रिमियर लिगमा बुधबार च्याम्पियन बनिसकेको लिभरपुलले ब्राइटनसँग खेल्नेछ ।
ब्राइटनको मैदानमा हुने खेल राति १ बजे सुरु हुनेछ ।
ब्राइटनविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ । लिभरपुल जित निकाल्दै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
लिग लिडर लिभरपुलले ३३ खेलमा ८९ अंक जोडेको छ । १५ औं स्थानको ब्राइटनको ३६ अंक रहेको छ ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २३ अंकले अघि रहेको छ । सिटीको ६६ अंक रहेको छ ।
सिटीले बुधबार नै न्युकासल युनाइटेडसँग खेल्नेछ । सिटीको मैदानमा हुने खेल १०:४५ बजे सुरु हुनेछ ।
सिटी घरेलु मैदानमा जित निकाल्दै लिभरपुलसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
प्रिमियर लिग अन्तर्गत नै सेफिल्डले उल्भ्ससँग प्रत्सिपर्धा गर्दा वेस्ट ह्यामले बर्नलीसँग खेल्नेछ ।













